कीर्तिपुर मैदानको फ्लड लाइटमा समस्या देखिएको छ। एनपीएल अन्तरगत अहिले हुने भनिएको सुदूरपश्चिम र विराटनगरकाे खेल खराब प्रकाशका कारण प्रभावितकाे सम्भावना छ।
यदि खेल भयो भने, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार साँझको सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलका लागि त्रिवि क्रिकेट मैदान तयार गर्न थालिएको छ।
दुई दिनदेखि लगातारको वर्षा थामिएसँगै पिच र मैदानबाट कभर हटाइएको छ। घाम लाग्न थालेसँगै मैदान सुकाउने प्रयास भइरहेको छ।
सुदूरपश्चिम र विराटनगरको खेल साँझ ५ बजे हुने तालिका छ। पानी थामिएर घाम लाग्न थालेसँगै खेल हुने सम्भावना बढेको छ।
यसअघि वर्षाका कारण शनिबार दिउँसो १२ बजे सुरु हुने पहिलो लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द गरिएको थियो। दुवै टोलीले एक-एक अंक बाँडेका थिए।
