“नरसिंहा अवतार” को ट्रेलर

चलचित्र “नरसिंहा अवतार” को ट्रेलर वैशाख २५ मा म्युजिक नेपाल को युट्युव च्यानल मा आउने भएको छ ।
महानायक राजेश हमालले यस फिल्ममा मुख्य भूमिका निभाउनुभएको छ ।

फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइनर राकेश दाहालको छ ।
फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करणसिंह प्रोडक्सन डिजाइनर रहेको यो फिल्मका एसोसियट निर्देशन वसन्त अधिकारीको छ ।