राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा हिजो शुक्रबार विश्राम राखिएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा हिजो विश्राम राखिएको हो ।
फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । फाइनल खेल बेलुका ५ बजे हुनेछ ।
सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।
फाइनल खेलका लागि टिकट बिक्री खुला गरिएको समयमा करिब दुई लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोजेसँगै सोल्डआउट भएको क्यानले जनाएको छ । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानले स्पष्ट पारेको छ ।
टिकट सकिएकोमा क्यानले सबैलाई पुराउन नसकेको भन्दै माफि मागे पनि खेल प्रेमी खेल मैदान बाहिर आन्दोलनमा उत्रिएका छन् । जसका कारण खेल क्षेत्र किर्तीपुरमा सुरक्षा कडाई पारिएको छ ।
खेल पूरा समयसम्म सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र र आवश्यक परे नेपाल सैनिकको समेत प्रयोग गर्नेमा क्यान रहेको छ ।
