प्रधानमन्त्री बालेन र जयशंकरबीच ‘कनेक्टिभिटी’ र पारवहनबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाह-बालेन र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, शाह र जयशंकरबीच विशेषगरी ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

यससँगै उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणमा भारत गएका हुन्।

प्रधानमन्त्री शाहले भोली सोमबार भारतीय राष्ट्रपति द्रोपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्किनेछन्।