नेपाल–भारतबिच आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिमा सहकार्य:आदानप्रदान

नेपाल र भारतबिच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने भएको छ।

उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र भारत सरकारको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाबिच औपचारिक रूपमा हस्ताक्षर तथा आदानप्रदान हुने तय भएको छ।

यस सहकार्यमार्फत दुवै देशका परम्परागत चिकित्सा प्रणालीको संरक्षण, वैज्ञानिक अनुसन्धान, प्राविधिक ज्ञान आदानप्रदान तथा स्वास्थ्य सेवा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।