कारोबार हुने साताको पहिलो दिन नेप्सेमा सुधार

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको पहिलो दिन आज सोमबार झिनो अंकले सुधार आएको छ ।

बजार परिसुचक २.२६ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ०८ प्रतिशतले कम हो ।
आज सोमबार कूल ३६० कम्पनीका ४२ हजार ८२५ कारोबारबाट ३ अर्ब ८२ करोड ६२ लाख ९४ हजार ६५८ रुपैयाँ बराबरका १ करोड ८ लाख २३ हजार ५९८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।