नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपतिनिवास शीतलनिवासमा आयोजित एक औपचारिक कार्यक्रममा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
साथै, राजदूत सुकलालले राष्ट्रपतिसमक्ष दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यको राष्ट्रपतिको तर्फबाट प्राप्त शुभकामना सन्देश व्यक्त गरेका थिए । सोही समारोहमा नेपालका तर्फबाट दक्षिण अफ्रिकाका लागि नियुक्त मानार्थ वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटर उपस्थित रहेका थिए ।