‘र’ को प्रमुखमा पराग जैन नियुक्त-पत्र सहित

भारत सरकारले पराग जैनलाई आफ्नो अन्तर्राष्ट्रिय जासुसी संस्था ‘र’ को प्रमुखमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री कार्यालयलाई सोझै रिपोर्टिङ गर्ने जिम्मेवारीप्राप्त उनलाई दुई वर्षका लागि नियुक्त गरिएको भारतीय क्याबिनेटका सचिव मनिषा सक्सेनाले क्याबिनेट सचिवलगायत १९ वटा मन्त्रालय, विभाग तथा निर्देशनालयलाई हिजो पठाएको परिपत्रमा उल्लेख छ ।

भारतीय प्रहरी सेवामा सन् १९८९ मा प्रवेश गरेका उनी पञ्जाब प्रहरीका क्याडर हुन् । जैनले हाल अवकाशको चरणमा रहेका रवि सिन्हाको ठाउँ लिने छन् ।