राष्ट्रपति रामचन्द्र पौडेलले धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताएका छन्। राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको बताएका हुन्। यसै अवसरमा राष्ट्रपति पौडेलले आज कोदाली समाएर हिलोमा काम गर्दै धान दिवसमा किसानलाई उत्प्रेरणा दिएका छन् ।