पेट्रोल, मट्टितेल र डिजेलको मूल्य बढ्यो – मूल्य सूची सहित

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ।

निगमले आज सोमबार विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने जनाएको छ।
हेर्नुहोस् मूल्य सूची :