नेतृत्वको बहस रोकिनुपर्नेका एमाले महासचिव पोखरेलको जोड

शंकर पोखरेल shankar pokhrel

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिनुभएको छ ।

बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएकोमा जोड दिनुभयो ।

‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ’, महासचिव पोखरेलले भन्नुभयो । उहाले पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताउनुभयो ।

यद्यपि विधान महधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदाहरु तयार हुनै बाँकी छ ।

‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’, पोखरेलले उल्लेख गर्नुभयो ।