देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभर विभिन्न स्थानमा वर्षा हुने तथा हिमाली क्षेत्रमा हिउँ पनि पर्ने सम्भावना छ।
देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) दिनभर काठमाडौ लगायत कोशी, गण्डक तथा लुम्बिनीमा रहनेछ।
देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।
