जगदम्बा स्टिल उद्योगमा बिस्फोट, १ मजदुर घाइते

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल्सको भट्टीमा बिस्फोट भएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार गएराति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो। बिस्फोटमा परेर कम्तीमा पनि एकजना घाइते भएका प्रहरीले जनाएको छ।

घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा पुगेको थियो

जिल्ला प्रहरी कार्यालयका अनुसार बिस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन। घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशङ्का गरिए पनि एक जना मात्र घाइते भएको जानकारी उद्योग प्रशासनले दिएको छ।

घाइते हुनेमा भारतको बिहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेका छन् ।
अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ भने आगो नियन्त्रण आइसकेको छ।