२०८४ निर्वाचनमा १६५ उम्मेदवारको तयारी आवश्यक : पत्रकार प्रेम बानियाँ

  • Clock icon
    २०८२ असार १९, बिहीबार १२:५१

पत्रकार प्रेम बानियाँले राप्रपा नेता ज्ञानेन्द्र शाही र सामाजिक अभियन्ता सागर ढकालसँगको छुट्टाछुट्टै तस्विर राख्दै रबि लामिछानेप्रति जनसमर्थन बढ्दो भए पनि त्यसले उनलाई जेलबाट निकाल्न वा राजनीतिक शक्तिमा रूपान्तरण गर्न सक्ने अवस्था नदेखिएको बताएकाछन्।

उनले रास्वपाले जनसमर्थनको बर्बादी गरिरहेको टिप्पणी गर्दै, वैकल्पिक नेताहरू एउटै छातामुनि नआएसम्म परिवर्तन सम्भव नहुने बताएकाछन् ।

बानियाँले २०८४ को निर्वाचन लक्षित गर्दै १६५ उम्मेदवारको तयारी आवश्यक रहेको उल्लेख गरेका छन् ।

बानियाँ लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । सुरुवातमा उनले  8848 नामक डकुमेन्ट्रीको सिलसिलालाई  मूर्त रूप दिन लाग्नेे बताएपनि राजनीतिक भेेट घाट बाक्लो बनाएका छन् ।