डलर अर्बपतिका नाममा आफ्नो काम तमाम गर्दै आएका विवादास्पद व्यवसायी तथा काँग्रेस सांसद विनोद चौधरीलाई पार्टी नेताहरुले मुखभरिको जवाफ दिएका छन् ।
काँग्रेस नेता गुरूराज घिमिरेले चौधरीलाई पैसाको आडमा पार्टीभित्र चलखेल नगर्न चेतावनी दिदै सामाजिक सञ्जालमा लेखेर चौधरीसँग आठ बुँदाको जवाफ मागेका छन् ।
पहिले एमाले सांसद रहेका चौधरी पछिल्लो आमनिर्वाचनपछि काँग्रेस सांसद बनेका हुन् । पैसाको आडमा पार्टीका संस्थापन पक्षका केही नेतासँगको आडमा आफ्नो स्वार्थ पूरा गर्दै आएका चौधरीले नेता डा. शेखर कोइरालामाथि अनर्गल आरोप लगाएपछि घिमिरे चौधरीमाथि खनिएका हुन् ।
गत मंगलबारदेखि जारी पार्टी केन्द्रीय समिति बैठकमा चौधरीले कोइरालामाथि औंला ठड्याउँदै बेतुकको आरोप लगाएको घिमिरेलगायतको भनाइ छ ।
कोइरालाले चौधरीको राजनीतिक हैसियत र पार्टी केन्द्रीय सदस्यको वैधानिकतामाथि प्रश्न उठाएपछि डलर अर्बपति उनीमाथि खनिएका थिए ।
डा. कोइरालाले झै गुरूले चौधरीलाई सोधेका छन्, ‘केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन रु त्यो हेरियो रु क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’
कोइरालाले विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु नै गलत निर्णय भएको पार्टी बैठकमै उल्लेख गरेका हुन् ।
यता घिमिरेले चौधरीलाई निकै ठूलो चेतावनी दिँदै लेखेका छन्, ‘नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति संस्था भइसकेको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रतिष्ठित परिवारको सदस्य तथा १४ औँ महाधिवेशनको सभापति पदको निकटतम् प्रतिस्पर्धी पार्टी नेतामाथि प्रश्न उठाउँदा चौधरीजीले निकै होसियारी अपनाउनुपथ्र्यो ।
यसमा उहाँ पूर्ण रुपमा चुक्नु भएकोमा निकै दु:ख लागेको छ । त्यसैले पार्टीको एउटा सदस्यको नाताले सर्वप्रथम उहाँप्रति खेद प्रकट गर्दछु’
उनले चौधरीलाई सोधेका छन्, ‘के तपाईं पार्टीको विधि, प्रक्रिया र मापदण्ड पुर्याएर केन्द्रीय सदस्य बन्नुभएको हो त ? सबभन्दा पहिले आफैँलाई प्रश्न गर्नोस् ।’
गुरूले चौधरीलाई सम्झाएका छन्, ‘तपाईं एमालेको समानुपातिक कोटाबाट संविधानसभाको सदस्य हुँदा डा. कोइराला कांग्रेसबाट जननिर्वाचित संविधानसभा सदस्य हुन् ।’