अभिनेत्री शेफाली जरिवालको असामायिक निधनले यतिबेला सिङ्गै बलिउड शोकमा छ । मुम्बईको आलिशान घरमा बस्दै आएकी शेफालीको निधनप्रति चर्चित कलाकार प्रियंका चोपडादेखि बरुन धवनसम्मले श्रद्धासुमन व्यक्त गरिरहेका छन् । १७ वर्षअघि रिलिज भएको ‘काँटा लगा’ बोलको गीतबाट चर्चामा आएकी उनको जुन २७ मा आफ्नै घरमा निधन भएको थियो ।
उमेरले ४२ वर्ष पुगेकी र कुनै रोगसमेत नलागेकी शेफालीको मृत्युको कारण के होला रु शेफालीले गोप्य रुपमा एण्टी एजिङ प्रयोग गर्दै आएको खुलेपछि यो घटना रहस्यमय मानिएको छ ।
अर्कोतिर, दुई हप्ता बितिसक्दा पनि प्रहरीले पोस्टमार्टम रिर्पोट सार्वजनिक गरेको छैन । तर, शेफालीकै नीजि चिकित्सकले एण्टी एजिङको साइड इफेक्टको कारण मृत्यु भएको दावी गरिसकेका छन् ।
यहाँ बुझ्नुपर्ने के छ भने शेफालीले प्रयोग गर्दै आएको एण्टी एजिङ त्यस्तो औषधी हो, जसले मानिसको बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ । अर्थात्, बुढ्यौलीमा पनि कम उमेरको देखिनका लागि उक्त औषधीको प्रयोग हुने चिकित्सकहरु बताउँछन् ।
निश्चित अवधिमा इन्जेक्शनमार्फत् प्रयोग गर्नुपर्ने एण्टी एजिङले खासगरी मानिसको छाला चाउरिने र बुढ्यौलीमा अनुहारमा दाग देखिने प्रक्रियालाई सुस्त बनाएर तन्नेरी देखाउने काम गर्छ । यद्यपि, यसको प्रयोगपश्चात जीवनशैली र खानपिनलाई पनि ध्यान दिनुपर्ने बताइन्छ ।
जस्तो यो औषधी प्रयोग गर्ने व्यक्तिले धुम्रपान र मदिरा सेवन गर्नु हुँदैन । खानपिनमा समेत राम्रो ध्यान दिनुपर्ने हुन्छ । हेलचेक्र्याइँ गरेमा औषधी प्रयोगकर्ताको ज्यानसमेत जान सक्ने स्वास्थ्य विज्ञहरुको भनाइ छ ।
अभिनेत्री शेफालीको हकमा पनि त्यस्तै केही भएको हुनसक्ने अनुमान धेरैले गरेका छन् । उनले एण्टी एजिङ त प्रयोग गरिन्, तर खानपिनमा ध्यान नदिदाँ ज्यान गुमाउन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बताइएअनुसार शेफालीको निधन हुनुअघि बिहान उनी एक सत्यनारायण पूजामा पुगेकी थिइन् भने साँझ एक कार्यक्रममा सहभागी भएकी थिइन् । साँझको कार्यक्रममा उनले मदिरा सेवन गरेको हुनसक्ने धेरैको अनुमान छ । यद्यपि, पोस्टमार्टम रिर्पोट सार्वजनिक भइनसकेकाले त्यसको पुष्टि हुन बाँकी छ ।
उता प्रहरीले शेफालीको कोठाबाट एण्टी एजिङ लिन प्रयोग गरिएका इन्जेक्सनहरु राखिएको दुई वटा बाकस फेला पारेको छ । त्यस्तै, ग्लुटाथियोन ९छाला गोरो बनाउने औषधी०, भिटामिन सी र एसिडिटीका चक्कीहरु पनि भेटिएको बताइएको छ । उनले आफूलाई तन्नेरी र सुन्दर राख्न अनेर्कौ औषधी प्रयोग गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
शेफालीको मृत्युको कारण के हो, त्यो त विस्तारै खुल्दै जाला । तर, उनले एण्टी एजिङ प्रयोग गर्दै आएको खुलेपछि बलिउडका अन्य अभिनेत्रीहरुमाथि पनि त्यस्तै शंका गरिएको छ । बलिउडका पुराना अभिनेत्रीहरु ९जो अहिले पनि तन्नेरी देखिन्छन्०ले पनि कतै त्यही औषधी त प्रयोग गरिरहेका छैनन् ? भन्ने खुल्दुली पैदा भएको छ ।
सामाजिक सञ्जालमा मुहिर खानले भनेका छन्, ‘सुन्दर देखिने यो गलत तरिका हो । प्राकृतिक रुपमा मानिसमा हुने शारीरिक संरचनाको परिवर्तनलाई हामीले स्वीकार गर्नुपर्छ । बलिउडले यसलाई हल्का रुपमा नलेओस् ।’
त्यस्तै, सिद्धार्थ मुहम्मदले पनि बलिउड अभिनेत्रीहरुलाई सचेत रहन सुझाएका छन् । ‘औषधी प्रयोग गरेर आउने सुन्दरता हामीलाई चाहिएको छैन’, उनले भनेका छन्, ‘यदि कसैले सुन्दरताको लागि शेफालीकै विधि अपनाइरहेको छ भने तत्काल रोकुन्।’
जनआस्थाबाट साभार