जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी बीमाशुल्क संकलन नेपाल लाइफले गर्यो

  • Clock icon
    २०८२ असार २२, आईतवार ०१:३९

चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनासम्म जीवन बिमा कम्पनीहरूले एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणमको तथ्यांकअनुसार जेठ मसान्तसम्म कम्पनीहरूले ३१ अर्ब ९८ करोड २४ लाख रुपैयाँ प्रथम बिमाशुल्क उठाएका छन् ।

हाल नेपालमा १४ ठुला र तीन लघु गरेर १७ जीवन बिमा कम्पनी छन् । समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले संकलन गरेको कुल बिमाशुल्क १६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा उनीहरूले एक खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । हालसम्म जीवन बिमा कम्पनीहरूमा एक करोड ५४ लाख ९८ हजार सात सय एक सक्रिय बिमालेख छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ४१ अर्ब दुई करोड ४४ लाख बिमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेसनल लाइफ कम्पनीले १८ अर्ब ९० करोड ४६ लाख, तेस्रोमा एलआइसी नेपालले १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ बिमाशुल्क उठाएको छ ।