राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा नेतृ तोसिमा कार्कीले अमेरिका भ्रमणको क्रममा पार्टी संगठन विस्तार गरेकी छन् ।
रास्वपा ललितपुर जिल्ला समितिको कार्कीले अमेरिकामा पार्टी संगठन विस्तार गरेको जनाएको छ ।
अमेरिका भ्रमण पूरा गरेर आज सोमबार नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्कीलाई रास्वपा ललितपुरले स्वागत गर्नेे कार्यक्रम छ ।
सोही क्रममा कार्कीले उताको बेलिबिस्तार लगाउने बताइएको छ ।
