प्रभु इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारणसभामा साउन २३ गते बोलाएको छ । सभामा कम्पनीले बिशेष प्रस्तावमा सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रू। १,४४,१४,८८,०६७ /- को १८ प्रतिशतले हुन आउने रू। २५,९४,६७,८५२/- अक्षरूपी पच्चीस करोड चौरानब्बे लाख सतसठ्ठी हजार आठ सय बाउन्न मात्र० रकम बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसै गरी सभामा कम्पनीले बोनश सेयर बितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने प्रस्ताव गर्नेछ ।कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएकोमा आ।व।२०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट १८ प्रतिशत बोनश सेयर बितरण गर्ने प्रस्ताव भए अनुसार कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले ५०.१५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरि प्रस्तावित बोनश सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने, हकप्रद शेयर पारित गर्दा भिन्न अंकमा आउने सेयरलाई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।