आर्थिक गतिविधि बढाउनुका साथै बजेटसँग मिल्ने मौद्रिक नीति आउनुपर्ने अध्यक्ष ढकालको सुझाब

  • Clock icon
    २०८२ असार २७, शुक्रबार ११:५४

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभएको छ ।

बजेटसँग समन्वय मिल्ने गरी मौद्रिक नीति आउने विश्वास रहेको ढकालले उल्लेख गर्नुभयो ।

निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिनेभन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उहाको भनाई छ ।

ढकालले बजेटकै नीति र कार्यक्रमअनुसार कार्यान्वयन हुनुपर्ने बताएका छन्। उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताउनुभयो ।

सरकारले बजेटमा हवाइ टिकटमा लगाएको भ्याटलगायतका विषयमा हटाउन सुझाव दिए पनि कार्यान्वयन नभएको बताए। आगामी दिनमा सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस :

आज मौद्रिक नीति सार्वजनिक हुँदै

 

  • Clock icon
    २०८२ असार २७, शुक्रबार ११:५४