राजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पक्राउ

  • Clock icon
    २०८२ असार २७, शुक्रबार १३:०९

राजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज शुक्रबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो ।

शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनि सम्बोधन गर्ने गरेको र संविधानले नचिनेको संवाद सचिवालय भनि सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि प्रहरीले सोधपुछ गर्न नियन्त्रणमा लिएको जनाएको छ।

वैशाख १३ गते पनि पाठकले जारी गरेको समवेदना सन्देशमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश भनि उल्लेख थियो।

यस विषयमा नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद्‌मै आपत्ति जनाएका थिए। कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव पाठकलाई कारबाही गर्न सांसद गैरेले माग गरेका थिए।

 

  • Clock icon
    २०८२ असार २७, शुक्रबार १३:०९