नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाएको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा बढाएको हो।
हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा. विश्वनाथ पौडेलले बढाएर २५ करोड रुपैयाँ पुर्याएका हुन्।
अब एक व्यक्तिले पनि २५ करोडसम्मको शेयर धितो कर्जा लिन सक्नेछ।