सरकारले केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को प्रारूप तयार गर्ने काम अगाडि बढाउने भएको छ।
आज आगामी आर्थिक वर्ष २०८२ ८३ को मौद्रिक नीति सार्वजिक गर्ने क्रममा गभर्नर डा. विश्व पौडेलले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा समग्र अध्ययन प्रतिवेदन तयार गरी छलफलको क्रममा रहेको बताउँदै केन्द्रीय बैंक डिजिटल मुद्रा सीबीडीसीको प्रारूप तयार गर्ने कामलाई अगाडि बढाइने बताउनुभएको हो ।
यसबाहेक व्यावसायिक शिक्षा तथा अन्य आन्तरिक रूपमा अध्ययन गर्ने चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, एकाउन्टिङ जस्ता व्यावहारिक शिक्षा आर्जनको लागि ऋण उपलब्ध गराउन नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने पनि उहाले जानकारी दिनुभयो ।
‘एकीकृत निर्देशन २०८१ को इ.प्रा. १७ को ३ (छ) मा “ माध्यमिक० तथा उच्च माध्यमिक तहसरहको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि विपन्न परिवारका युवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूबाट बिना धितोमा प्रवाह हुने रु.२ लाखसम्मको कर्जा” भन्ने व्यवस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने गरी बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेको’ मौद्रिक नीतिमा उल्लेख छ।