यशोदा फुड्सको लोकप्रिय आउटलेट ‘करेन्ट प्वाइन्ट’को दोस्रो शाखा काठमाडौं अनामनगरमा

  • Clock icon
    २०८२ असार २९, आईतवार ०१:२८

यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट प्वाइन्ट’को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राख्दै बुटवलपछि काठमाडौंमा पनि शाखा सञ्चालनमा ल्याएको हो ।

अनामनगरमा रहेको उक्त शाखा शुक्रबारदेखि सञ्चालनमा आएको हो । समारोहमा बोल्दै यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट प्वाइन्टले पाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू, विशेष गरी पिरो र चटपटे स्वाद मन पराउनेका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।’ त्यसैगरी कम्पनीका ग्लोबल सिइओ जिपी शाहले करेन्ट प्वाइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जबारे प्रकाश पारेका थिए । करेन्ट प्वाइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकार उपलब्ध हुनेछन् । साथै, ग्राहकले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् ।

विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौ वासीलाई नौलो र स्वादिलो स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीले अब अनामनगरमा रहेको करेन्ट प्वाइन्टमा स्वाद लिन पाउनेछन् ।

’करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ। स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो।