प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ुघुस डिलु प्रकरणमा मुछिएका मन्त्रीले राजीनामा दिएको भए पनि उनीमाथि छानबिन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन्।
मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै उनीहरुले अन्य मन्त्रीहरू पनि पोलिएको भन्दै उनीहरूमाथि पनि छानबिनको माग गरे।
बैठकमा रास्वपाका सांसद शीव नेपालीले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले आफूमाथि लागेको गम्भीर आरोपका सन्दर्भमा राजीनमा दिनु भएको छ। तर, यतिले मात्र हुँदैन। अरु मन्त्रीहरू पनि पोलिएका छन्। यो गम्भीर विषयमा सत्य तथ्यको छानबिन होस् र दोषीउपर सक्त कारबाही यथाशीघ्र होस्।’
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
‘मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ ?,’ उनको प्रश्न छ, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यतिमात्रै होइन, अन्य मन्त्रीहरूको पनि नाम आएको छ। उनीहरूको पनि छानबिन गरियोस्।’