प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद परिवर्तन हुने भएको छ ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल लगायत केही मन्त्री हटाएर नयाँ ल्याउने गृहकार्य गरिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
हाल मन्त्रिपरिषद्मा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (अशोक राई), लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीहरू सामेल छन्।
घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि मंगलबार नै एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई मन्त्री नियुक्त भइरहेको छ ।
यस्तै जसपाका नवलकिशोर साह सुडीलाई हटाउन लागिएको छ। सुडीको ठाउँमा को आउने भन्नेबारे नाम टुंगो लागिसकेको छैन। उक्त पार्टीबाट रञ्जु झा मन्त्री बन्ने कसरतमा रहेको बुझिएको छ ।
जसपाले दुई महिना अगाडि नै पार्टीबाट पठाएका दुई जना मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बुझिएको छ ।
‘आज बुधबार नै पनि केही मन्त्री हेरफेर हुन सक्छन्। प्रधानमन्त्री तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्री सचिवालयले भनेको छ , ‘सम्भवतः आज बुधबार साभ्mसम्म भगवती न्यौपानेसँगै थप केही मन्त्रीको शपथ होला।’
ओली प्रधानमन्त्री बनेको मंगलबार एक वर्ष पुगेको छ। तर, मन्त्रिपरिषदमा रहेका केही विवादित बन्दै गएको र केहीको कार्यसम्पादन पनि निकै कमजोर रहेको कारण हेरफेर गर्ने निष्कर्षमा ओली पुगेको बुझिएको छ ।
कांग्रेस र एमाले नेतृत्व यस विषयमा छुट्टाछुट्टै परामर्शमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताको भनाइ छ।
‘प्रधानमन्त्रीले सरप्राइज दिने गर्नु भएको छ, उहाँले भित्रभित्रै तयारी गरिसक्नुभएको पनि होला,’ ओलीनिकट अर्का नेताले भने।
त्यसो त जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि कांग्रेस र एमाले नेतृत्वले छलफल गरेको छ।