सिटिजन्स बैंकद्वारा देशव्यापी रुपमा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष ०८१/८२ मा सातवटै प्रदेशमा रहेका आफ्ना विभिन्न एक सय ४८ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरकोे छ ।

बैंकले कोशीका १९, मधेशका १६, बागमतीका ४७, काडकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ तथा सुदूरपश्चिम प्रदेशका नौ मार्फत आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउन यी कार्यक्रम गरिएको हो । कार्यक्रममार्फत विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति र अन्य कायहका गरी विभिन्न वर्गलाई लक्षित गरी वित्तीय ज्ञान प्रदान गरको हो । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वबारे प्रकाश पारिएको थियो । यससँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैकिङको विकाससँगै अवेको अपराध र जोखिमबार जानकारी पनि गराइएको थियो ।

साथै, नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार बैकिङ प्रणालीबाटै गर्दा बैकिङ प्रणाली मजबुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको पनि विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरू गर्दै आइरहेको छ ।