बामदेव गौतम एकिकृत समाजवादीमा आबद्ध

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सय वर्षसम्म कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गर्नुभएको छ ।

शुक्रबार काठमाडौँमा एकीकृत समाजवादी पार्टीसँग एकता समारोहमा उनले अझै २३ वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गर्नुभएको छ । विभाजन भएको चार वर्षपछि फेरि एकीकृत समाजवादीमा प्रवेश गर्न पाउँदा ज्यादै खुसी भएको उहाँले जिकिर गर्नुभयो ।

‘म एसएलसी मात्र पास गरेका मान्छे हो । त्यही पनि थर्ड डिविजनमा बल्लतल्ल पास गरेँ । अहिले ७७ वर्षको भएँ । सय वर्षसम्म बाँच्नुपर्छ जस्तो लाग्छ । सय वर्ष कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँछु’, उहाँले भन्नुभयो, ‘दुई वटा सङ्कल्प लिएर म कम्युनिस्ट आन्दोलनमा लागेँ । एउटा राजतन्त्रको अन्त्य अर्को कम्युनिस्ट पार्टीलाई एउटै बनाउने । त्यो २०७५ सालमा पास भयो । त्यतिबेला म ज्यादै खुसी थिएँ ।’

अबको सङ्कल्प आफ्नै जीवनका कालमा समाजवादमा लैजाने रहेको भएपनि त्यो पुरा हुनेमा उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

  • Clock icon
    २०८२ श्रावण २, शुक्रबार