कोल्डप्लेको कन्सर्टमा भाग लिन गएका अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी ब्रायन र एचआर क्रिस्टिन क्याबोटबीचको भिडिओ भाइरल भएपछि कम्पनीले उनीहरूलाई बिदामा पठाएको छ।
बुधबार बोस्टनको जिलेट स्टेडियममा कोल्डप्लेको कन्सर्टका क्रममा पुरुष र महिला उनीहरू एकअर्कालाई अँगालो मारेको भिडिओ सार्वजनिक भएको हो। अचनाक स्क्रिनमा देखिएका उनीहरू हतारहतार छुटिएको देखिन्छ।
गए राति कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सीईओ एन्डी बायर्नलाई बिदामा पठाइएको उल्लेख गरेको छ।
कोल्डप्लेका प्रमुख गायक क्रिस मार्टिनले ठूलो स्क्रिनमा लुकेका जोडी देखेपछि भने, ूया त उनीहरूको अफेयर छ, या त उनीहरू धेरै लजालु छन्।ू
यो भिडिओ सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा भाइरल भयो र लाखौँ मानिसले हेरे।
भिडिओ भाइरल भएको दुई दिनपछि एस्ट्रोनोमरले यस विषयमा अनुसन्धान गर्ने बताएको छ।
कम्पनीका सह-संस्थापक र प्रमुख उत्पादन अधिकारी पिट डेजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ।
Byron, gets caught on kiss cam with his HR Chief Kristin Cabot at a Coldplay concert…
                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            