प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरू भएको छ।
च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा ३ः२० मा पुगेर पुर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओलीलाई कुरिरहनु भएको थियो । ओली भने दिउँसो ४ बजे मात्र पुग्नुभयो ।
पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चहानामा ओली बाधक बनेको भन्ने चर्चाबीचमा यो भेटघाट भइरहेको हो ।
हिजो मात्रै सम्पन्न एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नविकरण नगरी पेन्डिङमा राखेको जानकारी दिएको थियो ।
तर, केन्द्रिय समिति बैठक अगावै भण्डारी र ओली बिचको भेटवार्तालाई यतिखेर नेपाली राजनीतिमा अर्थपुर्ण तरिकाले हेरिएको छ।
भेटवार्ता करिब २ घण्टा भएको थियो