टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ निर्माण गर्ने कम्पनी ‘थ्री प्रोडक्सन प्रालि’का साझेदारबीच विवाद चर्किएको छ। निर्देशक विशाल भण्डारीले फेसबुकमार्फत प्रधानमन्त्रीसँग न्याय मागेपछि यस विषय चर्चामा आएको हो।
भण्डारीले सम्झौता विपरीत पैसा फिर्ता माग्दै आफूलाई मानसिक तनाव दिएको आरोप सह–साझेदार हरि भट्टराईमाथि लगाए।
जवाफमा भट्टराईले विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘दु:खको कुरा के भने भण्डारीले चलाएको कम्पनीको गाडी दुुर्घटना पश्चातको सम्पूर्ण खर्च सबै एकलौटी ढंगले श्री प्रोडक्सन प्रालिबाट गराए जसमा मेरो आपत्ति र असहमति रहिरह्यो । त्यसपछि मैले आफू अब सहकार्य गर्ने पक्षमा नरहेको र कानूनी रुपमा लगानी फिर्ता गर्न चाहेको बताएँ ।’
तर भुक्तानीका लागि भण्डारीले जारी गरेको चेकको खातामा रकम अभावका कारण पटकपटक बाउन्स भएपछि मैले चेक अनादर प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवेदन दिएँ ।’