काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०÷०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैशाख २३ गते बसेको कम्पनीको सञ्चालक समितिको १५१ बैठकले हाल कायम चूक्ता पूँजी ४ अर्ब ६४ करोडको १२ प्रतिशत बोनस शेयर र यसको कर प्रयोजनका लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बोनस तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ ।