गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको यात्रा गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज मंगलबार केहिबेर अघि मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डे सात दिने चीन भ्रमणमा निस्कनुभएको हो ।
गण्डकीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठलाई दिइएको छ।