काम दिन नसके पार्टीमा नबस्ने : बामदेव गौतम

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताउनुभएको छ ।

आज बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गर्नुभएको हो ।

भर्खरै एकीकृत समाजवादीमा समाहित भएका गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गर्नुभयो ।

काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म पार्टीमा बस्न नसक्ने उहाँले बताउनुभयो ।

‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उहाँले भन्नुभयो, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ रु कामसहितको सिर्जना गरिदिनुस् ।’

गौतमले थप्नुभयो, ‘काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ ।’

गौतमले काम गरी बस्न नसक्ने आफ्नो चरित्र बारे उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने बताउनुभयो ।