मदर भन्सारको राजस्व संकलनमा ऐतिहासिक फड्को, लक्षभन्दा २०.७ लाख बढी

सिराहा जिल्लास्थित मदर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) मा लक्ष्यभन्दा २० लाख ७० हजार रुपैयाँ बढी राजस्व संकलन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। भन्सार प्रमुख तोयनाथ सापकोटाका अनुसार कार्यालयले कुल १४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

प्रमुख सापकोटाले जानकारी दिएअनुसार मंसिर महिनामा भने लक्ष्यको ९४ प्रतिशत मात्र राजस्व संकलन भए पनि बाँकी सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी संकलन भएको छ। जसका कारण वार्षिक रूपमा कार्यालयले कुल राजस्व लक्ष्यको १२२ प्रतिशत प्राप्त गर्न सफल भएको हो।

उनले यो राजस्व संकलन पछिल्ला चार आर्थिक वर्षको तुलनामा सबैभन्दा धेरै भएको दाबी गरेका छन्। उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११ करोड रुपैयाँभन्दा बढी, २०७८/७९ मा ९ करोड ३ लाख रुपैयाँभन्दा बढी, र २०७९/८० मा ९ करोड ४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।

भन्सार प्रमुख सापकोटाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुमा व्यवस्थापन सुधार, सशक्त निगरानी, सीमाक्षेत्रको कडाइ, र भन्सार प्रशासनको दक्ष कार्यशैलीले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।