सुन घट्दा चाँदी चम्कियो: शुक्रवार फेरि घट्यो सुनको भाउ

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार

शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने सानो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले कम हो।

हिजो अर्थात् बिहीबार सुनको मूल्य एकैदिन तोलामा २,४०० रुपैयाँले घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा पुगेको थियो। यसरी दुई दिनमा सुनको मूल्यमा कुल २,९०० रुपैयाँको गिरावट आएको छ।

यता चाँदीको मूल्य भने वृद्धि भएको छ। बिहीबार तोलामा २,३३५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले बढेर २,३४० रुपैयाँ पुगेको छ।

  • Clock icon
    २०८२ श्रावण ९, शुक्रबार