बाढीपहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
हुम्लाको सिमकोट क्षेत्रमा पहिरो गएकोले कर्णाली करिडोर अवरुद्ध भएको हो । यस्तै, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका ६ स्थित रिजिगारमा बाढी आउँदा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण संखुवासभाको भोटखैला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। कर्णालीपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका २ स्थित नेपाल(चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात पूर्णरुपमा अवरुद्भ भएको प्रहरीले जनाएको छ ।