नेपाल विद्युत् प्राधिकरणले चितवनमा ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणापश्चात अहिले सार्वजनिक गरेको तालिका पहिलो हो । बीचबीचमा लामो समय विद्युत अबरुद्ध भएपनि लोडसेडिङ नभएको प्राधिकरणले जिकिर गर्दै आइरहेको थियो । तर यसलाई लोडसेडिङ नभएर विद्युत अबरुद्ध मात्र भएको र लामो समयसम्म यस्तो नहुने प्राधिकरणको जिकिर छ ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            