नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा अलपत्र परेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विभिन्न दलसँग संवाद अघि बढाएका छन् ।
माओवादीसँग एकता प्रक्रिया रोकिनुका साथै समाजवादी मोर्चा पनि गतिहीन भएको अवस्थामा विप्लवले अन्य दलहरूसँग संवाद गरिहेका छन् ।
तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार शान्ति प्रक्रियामा आएका विप्लव राजनीतिक भविष्यलाई लिएर अन्योलमा छन्।
पछिल्लो पटक देशव्यापी खेती अभियान थालेका उनले २०८४ को संसदीय निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेका छन् । यो अवस्थामा उनले माओवादी इत्तर शक्तिहरूसँग पनि छलफल गर्ने क्रममा एमाले महाचसिवलाई भेटेका हुन् ।
‘विप्लव’ र महासचिव शंकर पोखरेलबीच आइतबार बिहान भएको संवादको विस्तृत विवरण आइसकेको छैन। भेटमा राष्ट्रिय राजनीतिको पछिल्लो परिवर्तित अवस्थाबारे कुराकानी भएको दुवै पक्षले उल्लेख गरेका छन् ।