नेपालमा बिवाइडी सिलायन–७ (सेभेन) सार्वजनिक गरिएको छ । साइमेक्स इन्क प्रालिले इलेक्ट्रिक एसयुभी सेग्मेन्टको उक्त सिलायन–७ इभी सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थिति रहेको थियो । उनले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै बिवाइडी सिलायन–७ जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे ।
‘बिवाइडी सिलायन–७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट र नेपालका लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ । गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, ‘अर्ली बर्ड’अन्तर्गत सीमित अवधिका लागि ७२ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ ।