अमेरिकी भन्सार नीतिबारे विश्व व्यापार संगठनका सदस्यहरुको आपत्ति
स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व व्यापार संगठनका सदस्यहरुले अमेरिकी भन्सार शुल्कले विश्वव्यापी व्यापारमा बाधा पुर्याएको भन्दै आलोचना गरेका छन् । संगठनको दोस्रो महापरिषद्को बैठकमा बोल्ने सदस्यहरुले अमेरिकी नीतिको आलोचना गर्नुका साथै बलियो बहुपक्षीय व्यापार प्रणालीको लागि आह्वान समेत गरे । मंगलबारदेखि बुधबारसम्म चलेको बैठकमा अमेरिकाको एकतर्फी भन्सार नीतिले सबै संगठनका सदस्यहरू प्रभावित भएको बताएका छन् । […]