काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्।
आज शनिबार काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन्।
सुरक्षा जाँचका क्रममा भारतको दार्जिलिङस्थित सिलगुडी चम्पासारीका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस पक्राउ परेका छन्।
काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र. ०३-००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरूसँग ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ।
उनीहरूले लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने ७५ ग्राम गिलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
