सुनचाँदी कारोबारमा कडाइ: १० लाखभन्दा बढीको भुक्तानी बैंकबाटै गर्नुपर्ने
देशको वित्तीय प्रणालीलाई थप पारदर्शी बनाउने र सम्पत्ति शुद्धीकरण (Money Laundering) जस्ता अवैध धनको प्रवाह रोक्ने महत्त्वपूर्ण कदमका रूपमा सरकारले अब बहुमूल्य धातु तथा वस्तुको कारोबारमा कडाइका साथ निगरानी सुरु गरेको छ। सुन, चाँदी, प्लाटिनम र डायमण्ड जस्ता वस्तुहरू अवैध कारोबारको माध्यम बन्न सक्ने जोखिम बढेपछि आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गरेको हो। निर्देशनअनुसार, […]