राष्ट्रिय भूमि आयोगमा ११ लाखभन्दा बढीले जग्गाका लागि आवेदन दर्ता गरे
काठमाडौँ । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउने उद्देश्यले आवेदन दर्ता गर्नेहरूको संख्या ११ लाख पुगेको छ। आयोगका अनुसार जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका छन्। आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले जानकारी दिए अनुसार, आवेदन दर्ता प्रक्रिया एकद्वार प्रणालीमार्फत स्थानीय तहसँग समन्वय गरी भइरहेको छ। आयोग […]