अपर ठूलोखोला जलविद्युत् केन्द्रीय लाइनमा जोडियो
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्माण गरिएको २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान तथा आन्तरिक परीक्षण सम्पन्न भएपछि विद्युत् केन्द्रीय लाइनमा जोडिएको हो। आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार गत फागुन २९ […]