आईफोन १७ सिरिज सेप्टेम्बरमा सार्वजनिक, नयाँ डिजाइन र मूल्य वृद्धिसँगै आउँदै
एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज आगामी सेप्टेम्बर ९ मा सार्वजनिक हुने भएको छ । कम्पनीले क्यालिफोर्नियास्थित एप्पल पार्कमा विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ, जसमा नयाँ आईफोन १७ तथा एप्पल वाचका नयाँ संस्करणहरू प्रदर्शन हुने अनुमान गरिएको छ । २०१२ यता एप्पलले हरेक सेप्टेम्बरमा नयाँ आईफोन सार्वजनिक गर्दै आएको परम्परा यसपटक पनि दोहोरिने देखिन्छ। […]