नेपाल–साउदी श्रम सहकार्य नयाँ चरणमा
एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर भएको छ। साउदी अरबको रियादमा सम्पन्न कार्यक्रममा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्नासम्बन्धी सम्झौता गरिएको हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट […]