नेप्सेमा लगातार पाँच दिन हरियो, ११२ अंकको छलाङ
श्रावण ४ देखि ८ गतेसम्म (२०२५ जुलाई २०–२४) को पाँच कारोबारी दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक कुल ११२ अंकले बढेको छ। नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढेको देखिँदै बजारमा सकारात्मक लहर आएको हो। बिहीबार कारोबार बन्द हुँदा नेप्से सूचक २,९८२.६४ अंकमा पुगेको थियो, जुन अघिल्लो साता (२,८७०.६३ अंक) को तुलनामा […]