शिक्षामा डिजिटल रूपान्तरण : प्याब्सन र डिजी होल्डिङ ग्रुपबीच रणनीतिक सहकार्य नवीकरण
काठमाडौं । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुप बीच डिजिटल साक्षरता अभियानलाई सुदृढ बनाउने उद्देश्यसहित तीन वर्षे रणनीतिक साझेदारी (Strategic Partnership) सम्झौता नवीकरण गरिएको छ। यस सहकार्यलाई नेपालका निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल रूपान्तरण (Digital Transformation) लाई संस्थागत र दिगो बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। […]