कोरलानाका अझै सक्रिय, तर कारोबारको गति सुस्त
नेपाल–चीन उत्तरी सीमा क्षेत्रमा रहेको कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ। तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि कोरलानाका वैकल्पिक नाकाका रूपमा सीमित बन्दै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार हाल कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर भन्सार जाँचपासका लागि आठदेखि १० वटामात्र ‘पेन्डिङ’मा छन्। […]